सद्धभाव समिति बाँकेले सामाजिक सांस्कृतिक पर्वहरु शान्तिपूर्ण तरिकाले मनाउन अपिल

अमृता चाैलागाई

०२ कार्तिक २०८०  नेपालगंज । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेकाे सद्धभाव समिति बैठकले सामाजिक सांस्कृतिक पर्वहरु शान्तिपूर्ण तरिकाले मनाउन अपिल गरेकाे छ । आ–आफनो सामाजिक सांस्कृतिक पर्व, उत्सव, जात्रा, महोत्सवहरुमा सहभागी भई भब्यताका साथ समेत सामुहिक अपिल गरेको छ । साथै विभिन्न समुदायको सामाजिक सांस्कृतिक पर्वहरु प्रति सम्मान र ऐक्यवद्धता प्रकट गरेको छ ।

आज बाँके जिल्ला सुरक्षा समितिका पदाधिकारी सहित हिन्दु् मुल महन्त राजगुरु चन्द्रनाथ योगी, मुस्लिम मौलाना अब्दुल जब्बार मन्जरी, मौलाना अब्दुल मंसुर, इसाई धर्म गुरु डम्वर थापा, शिख गुरु राजेन्द्र शिख, सामाजिक सद्भाव समितिका संयोजक दिपक लोध (हिन्दु तर्फ) र फिरोज वारसी (मुस्लिम तर्फ), मुस्लिम समाज अभियन्ता हारुन हलुवाई समेतको उपस्थितीमा बसेको बैठकबाट सद्भाव समितिले आसन्न नवरात्री, वडादसैं, दिपावली, छठजस्ता महान राष्ट्रिय पर्वको अवसरमा सम्पूर्ण धर्मावलम्बी समुदायप्रति शुभकामना समेत प्रकट गरेको छ ।

अपिल सहित