नेपालगंजको वीपी चोक स्थित स्थित फर्निचर पसलहरुमा आगलागी

अमृता चाैलागाई

२६ असोज २०८० नेपालगंज । बाँकेको नेपालगंज उप-महानगरपालिकास्थित वीपीचोक स्थित स्थित फर्निचर पसलहरुमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । बिद्युत चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ । नेपालगंज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताए। आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।