आस्था बहुउद्देश्यीय सहकारी संस्थाको १५औं साधारण सभा सम्पन्न

१९ असाेज २०८० नेपालगंज । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि‍. को १५औं साधारण सभा सम्पन्न भएको छ  शुक्रबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अध्यक्षमा हरी प्रसाद चालीसे पुनः दोहोरीएका छन । चालीसेको अध्यक्षतामा ८ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको छ । जसको उपाध्यक्षमा मिना कुमारी मल्ल, सचिवमा अशोक प्रसाद पोखरेल र कोषाध्यक्षमा अनिता शर्मा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा प्रदिप वर्मा, खिमसरा वली, सरला वली र प्रतिमा कुमारी पराजुली चयन भएका छन ।

साधारण सभाले लेखा समिति, ऋण उपसमिति र सल्लाहकार समिति समेत चयन गरेको निर्वाचन अधिकृत भुपेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । संस्थाको लेखा समिति संयोजकमा युवराज गिरी चयन भएका छन भने सदस्यहरुमा शुसिला प्रधान र राधा डाँगी चयन भएका छन । त्यसैगरी ऋण उपसमिति सदस्यमा मञ्जु पोखरेल र सशिकला कुसारीलाई चयन गरीएको छ । ऋण उपसमितिको संयोजक भने संस्थाको आगामी बैठकबाट चयन गरीने संस्थाका नवनिर्वाचित अध्यक्ष हरी चालीसेले जानकारी दिए । त्यसैगरी संस्थाको सल्लाहकार समितिमा तेज प्रसाद चापागाँई, तिलक सिंह कार्की र रेणुका खड्कालाई चयन गरीएको चालीसेले बताए ।

यसअघि संस्थाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बहुउद्देश्यीय सहकारी संघ बाँके जिल्ला अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारीले आस्था बहुउद्धेश्यीय सहकारीले स्थानिय स्तरमा बचतकर्ताहरुको विश्वास जित्दै गएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनले पछिल्लो समय सहकारी संस्थाहरु घाटामा चलिरहेको अवस्थामा आस्था बहुउद्धेश्यीय सहकारी मुनाफामा चल्नुले राम्रो सन्देश प्रवाह गरेको जिकीर गरे ।

स्थानिय स्तरबाट विकास भएका सहकारी भन्दा बाहिरी क्षेत्रबाट स्थापित सहकारी बढि धारासायी हुने गरेको तथ्य सार्वजनिक गर्दै अधिकारीले विश्वासिलो एउटा सहकारी संस्थामा मात्र आवद्ध हुन बचतकर्ताहरुलाई आग्रह गरे । ऋण लिन पाउने आशमा थुप्रै सहकारीमा आवद्ध हुने प्रवृत्तिका कारण बचतकर्ता र सहकारी दुबैलाई असर परिरहेको अधिकारीको भनाई थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक, कोहलपुर शाखा प्रमुख निता थापाले आफुले बचत गर्ने सहकारी कत्तिको सुरक्षित छ भन्ने कुरा ख्याल गर्न बचतकर्ताहरुलाई आग्रह गरीन । सहकारी एक्लैले मात्रै लगानी नडुवाउने तर्क गर्दै थापाले बचतकर्ताको सानो गल्ति पनि सहकारी धारासायी हुने अवस्थामा पुग्ने बताईन । ऋण लगानीको प्रलोभनमा एकै ब्यक्तिले धेरै सहकारीमा कारोबार गर्नाले लक्षित समुदायसम्म सहकारीले कर्जा प्रवाह गर्न नसकिरहेको उनको भनाई थियो । थापाले कर्जा लगानि गर्दा सहकारीहरुले समेत विशेष सावधानि अपनाउनुपर्ने कुरामा जोड दिएकी थिईन ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कल्पना अधिकारीले अहिलेको अवस्थामा सहकारी नाफामा जानु खुसिको कुरा भएको बताईन । अनुत्पादक क्षेत्रमा ऋण लगानि गर्दा सहकारी डुबेको घटनाहरु धेरै देखिएको भन्दै अधिकारीले गिरोह नै बनाएर सहकारीबाट ऋण लिने र फिर्ता नगर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरीन । उनले सहकारीबाट ऋण लिएर फरार भएका धेरै घटनाहरु वडा कार्यालयमा आउने गरेको तथ्यबाट नै यस्तो गिरोह सक्रिय भएको हुन सक्ने बताईन । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, सहकारी अभियन्ता तेज प्रसाद चापागाईं, अबराज खड्का, रेणुका खड्का लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी र अन्यलाई समेत सम्मान गरीएको थियो ।