माओवादी नेता बैश्य राप्रपा प्रवेश

८ बैशाख २०७९ नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उप-महानगर कमिटी सह-सचिव तथा उद्योग बाणिज्य संघको पुर्ब अध्यक्ष नन्दलाल वैश्य राप्रपा मा प्रवेश गरेका छन । पाँच दलिय सत्ता गठबन्धनको तर्फ बाट नेपालगन्ज उप-महानगरपालिकाको मेयर नेपाली कांग्रेसको भागमा पर्‍यो र उप-मेयर जसपाको भाग परिसके पछि । नेकपा माओवादी केन्द्र बाट मेयरको दाबेदार रहेका वैश्य माओवादी केन्द्रको भागमा नपरे पछि माओवादी केन्द्र परित्याग गरि राप्रपा मा प्रवेश गरेका छन । निर्वाचनको मुखैमा पार्टी फेरबदल गर्ने र  स्वार्थ केन्द्रीत राजनीति गर्नेले पार्टीमा लामो समय देखि संघर्ष गरेका नेता कार्यकर्ताहरु लाई पाखा लगाउदा अहिले पार्टीमा यस्ता समस्य जबर्जस्त देखा परेको माओवादी केन्द्रका एक नेताले बताउनु भयो  । वैश्य नेपाल उद्योग बाणिज्य संघको निर्वाचनमा माओवादी केन्द्रको तर्फ बाट बाणिज्य संघको निर्वाचन जित्नु भएको थियो ।
उहाँलाई राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा लगायतले आज पार्टीमा स्वागत गर्नुभएको हो ।