नेपालगंजमा भाेली धार्मिक “सद्भाव र्‍याली” निकाल्ने

१५ असाेज २०८० नेपालगंज । बाँकेकाे नेपालगंजमा भाेली मंगलबार बिहान ७ बजे धार्मिक “सद्भाव र्‍याली” निकालिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको आज बसेकाे सर्वदलीय/ सर्वपक्षीय बैठकले भाेली “सद्भाव र्‍याली” आयोजना गर्ने निर्णय गरेको छ । सदभाव समितिको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गर्न लागेको सदभाव र्‍यालीमा सम्पूर्ण नेपालगंज वासीसहित सम्पुर्ण धर्मावलम्बीहरु, नागरिक समाजका अगुवाहरुलाई अनिवार्य रूपमा सहभागी हुन् अपिल समेत गरिएको छ ।

 मंगलवार बिहान ७ बजे बिपि चौकबाट निस्किने र्‍यालीले नगरको परिक्रममा गर्ने र नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्‍याली आयोजना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिनु भयो । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त “सद्भाव र्‍याली” निकालिन लागिएको प्रजिअ आचार्यले जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वपक्षीय बैठकमा नेपालगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्‍याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, जुलुस, प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरिएको छ ।

बैठकमा नेपालगञ्जका मेयर प्रसान्त बिष्ट , उपमेयर कमरुद्दीन राई, अन्तरधार्मिक संजालका संयोजक चन्द्र नाथ योगी , मौलाना अब्दुल जब्बार मन्जरी, नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हलुवाइ, धार्मिक सद्भाव समितिका संयोजकहरु दिपक लोध, गुलाम हुसेन हल्वाइ, नेपाली काग्रेसका सभापति नारायण गौडेल, नेकपा एमालेका सभापति किस्मत कुमार कक्षपति, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, राप्रपा नेपालका दिपेन्द्र सिंह, जनमतका केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज तेजनारायण कडेल सहित सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

निर्णय सहित