२६ भदाैं २०८० काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । उनको पार्थिव शरीर आज दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने भएकाे छ ।
नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरिसकेको छ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले बिहीबार सार्वजनिक बिदा हुनेछ। घरकै शौचालयमा लडेका नेम्वाङलाई राति १:३० बजे अस्पताल पुर्याएपछि चिकित्सकले मंगलबार बिहान ३ बजे मृत घोषणा गरेका थिए ।
बिहानीको तारा । २६ भाद्र २०८०, मंगलवार १७:४५