नेकपा एमाले सांसद मोहन बानियाँ निलम्बित

२२ फागुन, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । जुम्लाकी एक  शिक्षिका लाई बलात्कार गरेको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो ।  हिरासतमा राखी उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।