कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

२८ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठक आज पनि बस्न लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने छ। शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउछन् ।

शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सुनील शर्मा पक्राउ बैठकमा सांसदहरुले गम्भीर ढंगले कुरा राखेका थिए ।