नेपाल समाजवादी पार्टी बाँकेले बृक्षाराेपण गरी संगठन निर्माण तथा विस्तार अभियानकाे उद्घाटन

१ साउन २०८० नेपालगंज । नेपाल समाजबादी पार्टीले ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको आज देशभर बृक्षाराेपण गरी संगठन निर्माण तथा विस्तार अभियानकाे उद्घाटन गरेकाे छ ।

त्यस्तै नेपाल समाजबादी पार्टी बाँकेले नेपालगंजकाे पशुपती मन्दिर परिसरमा बृक्षाराेपण गरी अभियानकाे थालनी गरेकाे छ । बृक्षाराेपण कार्यक्रममा राजनीति समिति सदस्य बेदप्रसाद आचार्य केन्द्रिय सदस्य सुकैलाल रैदास लुम्बिनी प्रदेस मुख्यसचिब हिक्मत बि क नेपाल समाजबादी युवा संघ केन्द्रिय सदस्य एजाज हल्वाइ नेपाल समाजबादी बिधार्थी युनियनका केन्द्रिय सद्स्य टेकराज कडेलको उपस्थिती रहेको थियो ।

संगठन निर्माण तथा संगठन बिस्तार अभियानलाइ बाँकेको सम्पुर्ण स्थानिय तह र वडा तहसम्म पुर्याउने नेसपा बाँकेका अध्यक्ष बुध सुनारले जानकारी दिनुभयाे ।