१२ फाल्गुन २०७९ खजुरा ।हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेको खजुरामा बिहिबार देखी सुरु भएको छ । जिल्लाको खजुरा गाँउपालिकाको स्वास्थ्य शाखाले बिहिबार खजुरामा एक कार्यक्रमको आयोजना गरि उक्त अभियान सुरु गरिएको हो । उक्त कार्यक्रममा गाँउपालिकाअध्यक्ष डम्बर बहादुर विक,उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकिय नृपराज उपाध्यायले हात्तीपाईले रोग विरुद्धको औषधी खाएर अभियानको सुरुवात गर्नु भएको थियो ।
अध्यक्ष विकले हात्ती पाईले रोग विरुद्धको औषधी खान आफुबाटै सुरुवात गरेको भन्दै आम गाँउपालिकावासीलाई पनि औषधी खान आग्रह गर्नु भयो । कोहि पनि नछुट्ने र नदोहोरिने गरी सबैले औषधी सेवन गरे मात्रै गाँउपालिकालाई हात्तीपाईले रोगबाट मुक्त गर्न सकिन्छ, अध्यक्ष विकको भनाई रहेकाे थियो ।कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख दिपक ढकालले खजुरा क्षेत्रमा मात्रै झन्डै ६५ हजार ३सय ७ जना नागरिकलाई औषधी खुवाउने लक्ष्य रहेको बताउनु भयो । अभियान सुरु भएको पहिलो दिन गाँउपालिकाको ८ वटै वडामा ७ हजार ३ सय ४७जनाले औषधी सेवन गरेको स्वास्थ्य शाखाका प्रमुख ढकालले जानकारी दिनु भयो ।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख दिपक ढकालले अभियानको पहिलो दिन प्रत्येक वडामा तोकीएको बुथबाट औषधी खुवाईएको बताउदै ढकालले भन्नुभयो शुक्रबार देखि घरदैलो अभियान मार्फत र्औषधी खुवाउने कार्यतालिका रहेको जानकारी दिनु भयो । सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यसअघि १२ औं पटक हात्ती पाईले रोग विरुद्धको औषधी खुवाइएको थियो । रोग नियन्त्रणमा नआउँदा हरेक वर्ष सरकारले औषधी खुवाउने गरेको हो । बाँकेमा सुरु भएको यो १३ औँ अभिायन हो ।
बिहानीको तारा । १२ फाल्गुन २०७९, शुक्रबार १४:००