दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ


२७ असार २०८० नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह गाउँबाट रुपैडिहा भारतका १९ बर्षिय जुनेद राई र सोही ठेगानाका १९ बर्षिय सलमान अलिलाई बुधबार नियन्त्रणमा लिएको हो ।

उनिहरु  यू पी ३२ एम पी ६१८९  नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरीले उनिहरुको साथबाट ४३ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।