लुम्बिनी सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना


१२ असार  २०८० काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।  केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ ।लुम्बिनी, कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा, मेघगर्जन र चट्याङ, हावाहुरीको सम्भावित जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस र कोसी प्रदेश तथा र तराईका धेरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।