अत्यधिक गर्मीका कारण खजुरा गाउँपालिकाद्धारा तिन दिन विद्यालयमा गर्मी विदा

१६ जेष्ठ २०८० खजुरा । बाँकेको खजुरा गाउँपालिकाले आज सूचना जारी गर्दै तीन दिन बिद्यालयमा गर्मी बिदा दिएको छ । बाँकेमा अत्यधिक गर्मी बढेको जनाउँदै विद्यालयमा बिदा गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।पालिकाले विद्यालयबाट गर्मी बिदा माग भएपछि जेठ १७ गतेदेखि १९ गतेसम्म विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।

सुचना सहित