किसानलाई राज्यले अनुदान दिनुपर्छ : डा.बाबुराम भट्टराई


१० जेठ २०८० काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन् । बुधबार माइतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताएका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले कृषि अर्थतन्त्र धराशायी बनेको बताए ।

आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उनले उल्लेख गरे । पूर्वप्रधानमन्त्री भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने उनले बताए ।