
फागुन १६, २०७८ काठमाडौं । रुसले आगामी खेलहरू फुटबल युनियन अफ रुस (आरएफयू) को रूपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो । आइतबार फिफाले रुसका आगामी खेलहरू रसियन झण्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो । फिफाले रुसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपियन फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइनल सेन्ट पिटर्सवर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै, पोल्याण्ड, स्विडेन र चेक गणतन्त्रले संयुक्त रूपमा रुसमा खेल्न अस्वीकार गरेका छन् । एजेन्सी



बिहानीको तारा । १६ फाल्गुन २०७८, सोमबार १५:३६