भारतीय बाटो प्रयोग गर्ने बाध्यता वर्षौ पछि हट्ने भयो

२३ माघ २०७९ नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्या रहेको बताएका छन् । नरैनापुर गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको रोड निमार्ण सुरु पछि स्थानीयहरु हर्षित भएका छन् । गाँउपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाँउका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताउनु भयो ।

रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाँउपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँले भनाई थियो । वर्षौ पछि गाँउपालिकाले बाटोको निमार्ण सुरु गरे पछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भन्नुभयो, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएन्न, नियमित रुपमा लगाईने खोप सहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चीत थियो । तर अब रोड बने पछि सहजता आउने छ ।

६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताउनु भयो । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाँउपालिका संग रोसनपूर्वालाई जोडने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निमार्ण सुरु गरिएको बताउदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गर्नु भयो ।योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिनु भएको थियो ।