वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघको साधारणसभा सुरु

८ पुस २०७९ सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुरु भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी गरेकी छिन् । साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्। महासंघको साधारण सभा दुई दिन चल्नेछ।