एमाले अध्यक्ष केपी ओली र देव गुरुङबीच ओली निवास बालकोटमा भेटवार्ता

२८ मंसिर २०७९ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भेटेका छन् । ओली निवास बालकोट गएर गुरुङले मंगलबार भेटेका हुन् ।

‘मैले केपी कमरेडलाई भेटेर बधाई दिन गएको हुँ । अरु पाँच दलका नेताहरूलाई बैठकमै भेटिन्छ कुराकानी हुन्छ’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने– ‘उहाँ (केपी ओली) लाई अन्त भेट नहुने भएपछि निवासै गएको हुँ । बधाई र शुभेच्छा प्रकट गरेको हुँ । अरु विषयमा कुराकानी भएन । गुरुङले ओलीलाई एक घण्टाभन्दा बढी समय कुराकानी गरेको बताएको छ ।