२३ बैशाख २०७९ मुगु । स्थानीय तह निर्वाचन आउन एकसाता बाँकी रहेका बेला उम्मेदवारहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार र कार्यकर्ता मतदाताको घरघरमै पुगेर आफूलाई मत दिन आग्रह गरिरहेका छन् ।
छायाँनाथ रारा नगरपालिकाको मेयरमा पाँचजना प्रत्यासी छन् । छायाँनाथ रारा नगरपालिकामा कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी र स्वतन्त्र गरी पाँच जनाको उम्मेदवारी परेको छ । जसमध्ये वडा नं ४ का निवर्तमान वडा अध्यक्ष तथा काँग्रेस विष्णुकुमार भाम र वडा नं ५ का निवर्तमान वडाध्यक्ष तथा एमाले उम्मेदवार डम्बरबहादुर रावल मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
बिहानीको तारा । २३ बैशाख २०७९, शुक्रबार १३:३८