चितवन–२ मा रवि लामिछाने तेब्बर मतले पछाडि

५ मंसिर २०७९ चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तीन गुणा मतले पछि परेका छन् । कूल २ हजार ८८५ मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ३०६ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत पाएका छन् । यस्तै लामिछानेले ४३९ मत पाएका छन् ।