राप्रपा नेतृ बिन्दु चर्तिमगरद्वारा पार्टी परित्याग


२३ कार्तिक २०७९ नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बाँके जिल्ला उपाध्यक्ष बिन्दु चर्तिमगरले पार्टी परित्यागको घोषणा गरेकी छिन । सामाजिक संजाल फेसबुकमार्फत बुधबार उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै राप्रपा परित्याग गरेको उल्लेख गरेकी हुन ।

राप्रपाको वडा सचिवदेखि जिल्ला उपाध्यक्षसम्मको जिम्मेवारी इमानदारीताका साथ निभाउदै गर्दा केही व्यक्ति विशेषका कारण आफुले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिनु परेको उनले उल्लेख गरेकी छिन ।

चर्तीमगर गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको उप मेयरमा निर्वाचन लडेकी थिइन तर, उनि पराजित बनेकी थिइन । उनि यस क्षेत्रकै एक युवा सफल महिला उद्यमी समेत हुन ।