सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

२० असोज २०७९ काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ । पछिल्लो दिनमा गठबन्धनको बैठक हरेक दिन बस्ने गरेको छ । तर उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन ।