बाल स्याहारमा पुरुषको भूमिका बढाउन जुम्लामा बालसपना परियोजना लागु


२१ भादाै २०७९ जुम्ला । सेडाले संञ्चालन गरेको बालसपना परियोजनाले बालबालिका प्रति पूरुषलाई पनि महिला जतिकै जिम्मेवार बनाउन थालेको छ ।सेडाले जुम्लाका २१ वठावडामा संञ्चालन गरेका विभिन्न अवलोकन, अनुगमन र सफलताका कथाहरूले पनि पुरुसहरूले घरपरिवारमा जिम्मेवारीहरू बाँडिरहेको देखिएको हो ।जसले गर्दा आमाको कामको बोझ कम गराएको पाइएको छ।प्रारम्भिक बालविकासको महत्त्व तथा उचित स्याहारमा पुरुषको भूमिका वारे अभिमुखीकरण गराइएको छ । जसको फलस्वोरुप पुरुषहरुलेपनि वालवालिकाको लालनपालनमा संग्लाग्नता बढेको पाइएको छ। अभिभावकहरूले आफ्ना छोराछोरीसँग समय विताउन थालेका छन् र उनीहरूले खेलका सामग्रीहरू पनि विकास गरेको पाइएको छ।

त्यस्तै सेडा नेपाल जुम्लाले बालवालिका नै अभिभावको सपनाको स्कुल भएको बताएको छ । बालबालिकाको लागी अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचि अनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने अभिभावको सपनाको स्कुल बन्ने बताएको हो ।

जसका कारण बालबालिकाले सहितरिकाले आफ्नो बाटो आफैं तय सक्ने बताए ।बालकालिको स्वाथ्यलाई मध्यनजर गर्दै प्लान नेपालको आर्थिक सहयोगमा बालबालिकाको सपना परियोजना नामक कार्यक्रम गर्दै आएको छ ।यस परिजना मार्फत सेडा नेपालले छोरा र छोरा बिच आमा बाबुले गर्ने गर्ने जिम्मेवारीका बिषयमा सचेत गराएका छन ।

त्यस्तै जिल्ला स्तरीय परियोजना सम्बन्धि समिक्षा बैठकमा प्रारम्भिक बालविकास निर्देशक समितिको गठन गरिएको सेडा नेपालका संयोजक प्रेम सिहं ठकुरीले बताए । उनेल भने केही स्थानीय सरकारको लगानी र सेडाको गरी कानका सुन्दरीमा सामुदायिक खेल केन्द्रको निर्माण गरिउको बताए । बालबालिकालाई खेल्नका लागी स्थानीय खेलाउन बनाउने तरिका बिभिन्न महिला र पुरुष समहु मार्फत सिकाइएको छ । प्राराम्भक बालविकासका लागि उत्प्रेरणा कुना निमार्ण गरिएको छ ।नियमित स्वास्थ्य आमा समहुह मार्फत सामुिहक संबाद गरिएको छ ।

त्यस्तै सेडा नेपालकी फिल्ड संयोजक मञ्जु थापाले पालिका स्तरीय समिक्षा तथा कार्ययोजना बैठक गर्दै आएको बताइन ।उनले महिला स्वास्थ्यस्वयंम सेविका मार्फत बिभिन्न काम भइरहेको बताइन । उनले भनिन, प्रारम्भिक बालविकास रणनीति निर्माणका लागि यस संस्थाले पैरवी गर्दै आएको छ । बालबालिकाको बिकासको लागी सामुदायिक अभियान अन्तरगत्त पालिका स्तरीय सम्बन्धिको सर्वेक्षण समेत गरिएको छ । सिजा , हिमा र कनका सुन्दरीगाउँपालिका गरी २१ वटा वडामा यो कार्यक्रम लागु गरिएको छ । यसमा आमा गर्भवती भएको ३ महिना देखी बच्चा जन्मेको ३ वर्ष सम्म अभिभावकले बच्चाको बुद्धी बिकासको लागी गर्नु पर्ने काम कर्तब्यलाई लक्षित गरिएको छ ।

स्वास्थ्य आमा समुह , संवाद समूह जुम्लाका २१ वडामा गरिएको छ । यसले बालबालिकालाई अभिभावक र हेरचाहकर्ता र समुदायहरूमा ज्ञान शिप अभिवृद्धि गर्ने गरेको छ । यो बालबालिका सपना परियोजनाका बिभिन्न गतिविधिहरूबाट २ हजार १ एक सय ५६ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका थिए। सेडाले यस कार्यक्रम मार्फत सामहिक संवाद, चलाएको छ ।
बच्चाको बृद्धी बिकासको लागी आमा मात्रै नभइ बाबुको पनि उत्तिकै जिम्मेवारी हुनु पर्छ भन्दै समुदायस्तरमा छुट्टै पुरुष सत्रहरूपनि चलाएको छ ।

,सेडानेपालका संयोजक प्रेम सिंह ठकुरी भन्छन, यि ,समुदायूको नेतृत्वमा गरिएका अभियान, घरभेट र किशोरकिशोरी संग गरिएका छलफलहरू आर्थिक वर्ष २०२२ का मुख्यआकर्षण हुन्।प्लान नेपालको आर्थिक सहयोगमा सेडाले संञ्चालन गरेका गतिबिधि प्रभावकारी बनाउनका लागी जनस्वास्थ्य सेवा कार्यालय , शिक्षा समन्वय इकाई , पत्रकार महासंघ मार्फत अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा ,सेडाले आफुले गर्दै आएका काम गर आगागी दिनमा गरिने कामको बारेका जानकारी गराएको हो । जनस्वाथ्य कार्यलय जुम्लाका प्रमुख कृष्ण सावकोटाले , बालबालिकाको स्वाथ्य शिक्षा , पहिलो प्रथामिकता हो ।

यस्ता कार्यक्रमले बालबालिकाको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने देखिएको छ । यसको प्रभावकारी पनि राम्रो रहेको छ ।उनले भने यो कार्यक्रम कुनै एक दुइ पालिकामा मात्रै नभइ जुम्लाका सबै पालिकामा लागु हुन जरुरी छ ।उनले कुनै पनि संस्था निश्चित अबधिका लागी काम गर्ने हुन तर स्थानीय सरकारले नै यसको अपनत्व लिनपर्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले बालसपना परियोजनाले आमा समुह मात्रै नभइ परुषलाई समेत जिम्मेवार बनाउन पुरुष सत्र चलाएको प्रति आभार ब्यक्त गरे । उनले भने नेपाल सरकारको नै महिलाको कार्यबोझ घटाउने लक्ष्य रहेकाले यस परियोजनाले महत्वपुण भुमिका खेल्ने बताए ।उनले यस्ता कार्यक्रम जनता माँझ निलकालागी प्रसार प्रचारलाई समेत जोड दिन अनुरोध गरे ।

त्यस्तै शिक्षा समन्वय इकाइमा कार्र्यरक्त मान बहादुर कुमालले शिक्षाले समेत बालबालिकाका लागी बिशेष तरिकाले हेर्ने गरेकाले यसकार्यक्रमले समेत टेवा पुगाउने बताए । उनले भने, बालवालिकानै भोलीका देशका खम्बा हुन, भनिरहदा उनुहरुको बृद्धीबिकासको लागी कुनै एक संस्थाले मात्रै नभइ सबैको सोचनिय बिषय हो । यसकारण सेडाले संञ्चालन गरेको बालसपना परियोजनाले देश निमार्णकै लागी टेवा पुग्ने देखिन्छ । यसएक दिने अन्तरक्रिया कार्यक्रममा जुम्लाका हिमा , सिजा र कानका सुन्दरीगाउँपालिकाका स्वाथ्यशाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । साभार:महिला जागरण