पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या

१३ साउन २०७९ काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए । हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ,’ उनले भने । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।