दृष्टिविहीनका लागि समेत अनुकुल हुने गरी पहिलो पटक २० रुपयाको नयाँ सिक्का जारी

संवाददाता ।

भारत सरकारले आज दृष्टिविहीनका लागि समेत अनुकुल हुने गरी पहिलो पटक २० रुपयाको नयाँ सिक्का जारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहका बीच २० रुपयाका सिक्का सार्वजनिक गर्नुभएको हो ।

उक्त सिक्काको आकार २० मिलिमिटर रहेको छ भने तौल ८ दशमलव ५४ ग्राम रहेको छ । सार्वजनिक गरिएका नयाँ अन्य सिक्काहरुमा १, २, ५, १० का पनि छन् ।

वित्त मन्त्रालयद्वारा आयोजित आइकोनिक सप्ताह समारोहलाई सम्बोधन गर्दै यस प्रकारका सिक्काको नयाँ श्रृंखलाले अमृतकालको स्मरण गराउने प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभयो । उहाँले नयाँ जारी गरिएको सिक्काले देशको विकासलाई नयाँ गतिमा लैजान सर्वसाधारणलाई थप प्रेरणा मिल्ने बताउनुभयो ।