नेपालगन्ज-१९ मा माओवादी केन्द्रकाे चुनावी अभियान तिब्र

१८ बैशाख २०७९ नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का अध्यक्षका उम्मेदवार सम्भुनाथ योगि जितको नजिक रहेको वडाबासीले बताउन थालेका छन् । गत ५ बर्षमा नेपालगन्ज १९ मा खासै काम गर्न नसकेपाछि वडा बासी निरास छन् । यो चुनाव नजिकिदै गर्दा जनतामा नैराश्यता छाएको जानकारहरु बताउँछन् तर अबको ५ बर्षमा हेर्न लायक वडा बनाउने प्रतिबद्धता व्यक्त गर्दै वडा अध्यक्षका उम्मेदवार योगि र इन्चार्ज मिना मल्ल वडाबासीको घरदैलो मै पुगेर हात जोडेर जनतालाई सकारात्मक बनाउनु भएको छ ।

कार्यकर्ताको सक्रियता र जनता प्रतिको विश्वासले वडा नं.१९ को माहोल परिवर्तन भएको छ । जनता जनार्दन हुन, हामी जनताका सेवक हौं । अध्यक्षका उम्मेदवार योगिले बताउनु भयो । यस्तै ´हाम्रो एजेन्डा सर्वहारा जनताको पक्षमा हो, हामी जनताको घरदैलोमा आज छौं, बर्सौ देखि सेवा पुर्‍याउदै आएका छौँ । त्यसैले जनता नै भन्छन् यसपटक १९ वडामा माओवादीले जित्छ । इन्चार्ज मल्लले बताउनु भयो ।