एमाले सचिवालय बैठक: यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार

१० बैशाख २०७९ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगर पालिकाको उम्मेदवार छनोट गरेको हो ।

महानगरमा को ?

१. काठमाडौँ- प्रमुख : केशव स्थापित
उपप्रमुख: सुनिता डंगोल

२. ललितपुर- प्रमुख: हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य

३. पोखरा – प्रमुख: दीपक पौडेल र
उप प्रमुख: मञ्जु देवी गुरुङ

४.भरतपुर- प्रमुख: विजय सुवेदी
उपप्रमुख: बाँकी

५. वीरगंज- प्रमुख: विजय सरावगी
उपप्रमुख: बाँकी (तालमेल हुने)

६. विराटनगर- प्रमुख: बाँकी
उपप्रमुख: बाँकी

त्यस्तै ११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरु यस प्रकार रहेका छन् । १. इटहरी: प्रमुख यमकुमार सुब्बा / उपप्रमुख संगीता चाैधरी

२.धरान : प्रमुख मञ्जु काफ्ले / पदम लिम्बु उपप्रमुख

३.जनकपुर : प्रमुख बाँकी / उपप्रमुख बाँकी

४.हेटौंडा : प्रमुख अनन्त पौडेल / उपप्रमुख सुमित्रा काफ्ले

५.कलैया : प्रमुख विनाेद साह / उपप्रमुख बाँकी

६.जितपुर सिमरा: प्रमुख बाँकी / उपप्रमुख बाँकी

७.बुटवल : प्रमुख बाबुराम भट्टराई / उपप्रमुख सावित्रा देवी अर्याल

८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का / उपप्रमुख सानी चाैधरी

९.घोराही : प्रमुख नरुलाल चाैधरी / उपप्रमुख मनकुमारी डिसी

१०.नेपालगन्ज: प्रमुख पशुपतिदयाल मिश्र / उपप्रमुख शान्तिदेवी ढकाल

११.धनगढी : प्रमुख रणबहादुर चन्द/ उपप्रमुख कन्दकला राना थारु