अखिल (क्रान्तिकारी)को पदाधिकारीले पायो पूर्णता

४ वैशाख काठमाडौं,  नेकपा माओवादी केन्द्र निकटअखिल क्रान्तिकारीको पदाधिकारीले अधिवेशन भएको ७ महिनापछि पुर्णता पाएकाे छ । गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो। अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।

शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, फ्रयाक्सन इन्चार्ज हितमान शाक्यसहितको अखिल क्रान्तिकारी केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको हो। अधिवेशन भएको सात महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पूर्णता पाएको हो। पदाधिकारी ४१ सदस्यीय बनेको छ।

जिपी मैनाली, इन्द्र भुसाल, टुकमान महरा, मिलन एमसी, केशव रावलसहित १९ जना उपाध्यक्ष बनेका छन्। महासचिवमा दिपेश पुन चयन भएका छन्। कोषाध्यक्ष भुषण शाही बनेका छन् भने    सुर्य प्रकाश घर्ति मगर, तुल्सीमणी के.सी सहित १९ जना सचिव चयन भएका छन्। अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुने भनिए पनि अहिले १ सय ९९ सदस्यीय छ ।