१३ चैत्र २०७८ नेपालगन्ज । नेकपा नेपालगन्ज उपमहानगरपालिका भित्रको चुनावी अभियानमा बोल्दै उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले यसपटकको निर्वाचनमा हामीलाई कसैको बैसाखी नचाहिने बताउनु भयो । आइतबार साझ भएको प्रशिक्षण कार्यक्रममा नगर अध्यक्ष शाहीले नेपालगन्जका कम्तिमा पनि १४ वटा वडा जित्ने घोषणा गर्नु भयो । अध्यक्ष शाहीले चैत्र २५ गते सम्म मेयर, उपमेयर लगायत २३ वटै वडाका वडा अध्यक्षको उम्मेदवार घोषणा गरिसक्ने खुलासा गर्नु भयो ।
नगरका २३ वटै वाडका वडा अध्यक्ष, इन्चार्जलाई प्रशिक्षण दिदै अध्यक्ष शाहीले भन्नुभयो,´ साथीहरू लाग्नु होस । हामीलाई हार्ने छुट छैन । त्यसैले साथीहरू हामी १४/१५ वडा सजिलै जित्ने छौँ ।` त्यस्तै नगर सचिब प्रेम शाहले अब आराम गर्ने समय छैन । तपाईहरु बैशाख ३० पछि मात्र आराम गरौला भन्दै उत्साहित बनाउनु भयो ।
बिहानीको तारा । १३ चैत्र २०७८, आईतवार १८:४३