दिपेन्द्र बिष्ट: हाम्रो अभियानको मूल आधार नै जनताको सेवा हो। बाँके क्षेत्र नं. २ का प्रत्येक वर्ग, चाहे त्यो आदिवासी, दलित, मुस्लिम, पिछडिएको वा मधेसी होस्, सबैका समस्या सुन्ने र समाधान गर्ने मेरो प्रतिबद्धता हो। मैले हरेक गाउँ–टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएको छु। हाम्रो घोषणापत्रले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, रोजगारी, युवा स्वरोजगार र धार्मिक–सांस्कृतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। मैले केवल सडक पिच गर्ने होइन, सडकका छेउछाउमा छायाँ दिने रुख रोप्ने, खेलकुद र मनोरञ्जनका सुविधा विस्तार गर्ने लगायत जनजीवनलाई गुणस्तरीय बनाउने योजनाहरू राखेको छु।
यस क्षेत्रको विशेषता के हो भने यहाँ बहुसांस्कृतिक र बहुधार्मिक समुदाय छन्। त्यसैले मेरो अभियानले सबै समुदायको हित र विकासलाई प्राथमिकता दिएको छ। विकास केवल भौतिक साधनमा सीमित हुँदैन; सामाजिक न्याय, समान अवसर र वातावरणीय दिगोपन पनि आवश्यक छ। यसैले मैले मेरो एजेन्डा यस्तो तयार पारेको छु जसले केवल अहिलेका समस्या मात्र समाधान गर्छ, भविष्यको नेतृत्वलाई पनि तयार पार्छ।
तपाइले घरदैलो, टोल–टोल भेटघाट गर्दै आउनुभएको छ। यसबाट के अनुभव लिनुभयो ?
बिष्ट: प्रत्यक्ष भेटघाटले मलाई जनताको मन बुझ्न सहयोग पुर्यायो। डुडुवा, नेपालगन्ज र अन्य वडाहरूमा गएर भेट्दा स्पष्ट देखियो—जनताले सच्चा नेतृत्व र काममुखी व्यक्तित्व खोज्दैछन्। उनीहरूले मात्र गफ होइन, काम गर्ने उम्मेदवार चाहेका छन्। मेरो पक्षमा व्यापक उत्साह देखिँदैछ।
घरदैलोका क्रममा मैले किसान, शिक्षक, महिला, युवाहरू, सुकुम्बासी र जेष्ठ नागरिकहरूलाई भेटें। उनीहरूले मलाई आफ्ना समस्याहरू सुनाए—खानेपानी अभाव, सडक बिग्रेको, बाढी व्यवस्थापन, विद्यालय संरचना, स्वास्थ्य चौकीको अभाव जस्ता। यिनै समस्या सुनेर म अझ दृढ भएँ कि काम गरेर देखाउनुपर्छ।
त्यस्तै, युवा वर्गसँगको संवादले देखायो कि उनीहरू केवल रोजगार र स्वरोजगारको अवसर खोज्दैछन्। खेलकुद, स्टार्टअप, कोडिङ र डिजिटल मार्केटिङमा युवालाई सशक्त बनाउने योजनाहरूको चर्चा गर्दा उनीहरू उत्साहित भए।
युवालाई केन्द्रमा राखेर धेरै कुरा गर्नुभएको छ। के भूमिका खेल्ने योजना छ ?
बिष्ट: युवा नै हाम्रो क्षेत्रको भविष्य हुन्। उनीहरूलाई सकारात्मक, अनुशासित र सिर्जनशील बनाउने मेरो मुख्य लक्ष्य हो। मैले खेलकुदको माध्यमलाई यसै उद्देश्यका लागि प्रयोग गर्ने योजना बनाएको छु। भजिपुरवा स्थित बन टाइगर क्रिकेट क्लबसँग अन्तरक्रिया कार्यक्रम गर्दै मैले युवाहरूलाई खेलकुदमा सक्रियता देखाउने प्रेरणा दिन खोजेँ।
त्यसैगरी, मैले टेक पार्क, डिजिटल इन्क्युबेसन सेन्टर र कोडिङ/फ्रिलान्सिङ तालिम कार्यक्रममार्फत युवालाई व्यवसायिक दक्षता र रोजगारको अवसर दिन चाहन्छु। स्टार्टअप व्यवसायलाई बिना धितो सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने र कर छुटको व्यवस्था गर्ने प्रतिबद्धता पनि मैले गरेको छु। यसले केवल रोजगार मात्र नभई युवालाई आत्मनिर्भर बनाउनेछ।
भ्रष्टाचार र सुशासनका विषयमा तपाईंको दृष्टिकोण के हो ?
बिष्ट: म सधैं विश्वास गर्छु—कामले मात्र नेतृत्व प्रमाणित हुन्छ। मेरो अभियान “भ्रष्टाचार शून्य बाँके–२” को मूलतत्त्वमा आधारित छ। सार्वजनिक खर्च, ठेक्का, योजना र सेवाको पारदर्शी अनुगमन, अनलाइन हेल्पडेस्क र सामाजिक अडिट सुनिश्चित गरेर म सुशासन र जवाफदेहितामा विश्वास राख्नेछु।
म मान्छु कि भ्रष्टाचारले विकासलाई रोक्छ, जनतालाई पीडा दिन्छ। यसैले मेरो अभियानले प्रत्येक योजना डिजिटल सार्वजनिक विवरणमार्फत सार्वजनिक गर्नेछ। जनताले प्रत्यक्ष नजर राख्न पाउनेछन् कि कुन योजना कहाँ पुग्यो, कसरी खर्च भयो।
जनताले तपाईंलाई किन रोज्नु पर्छ भन्ने मुख्य कारण के हो?
बिष्ट: म केवल नामको उम्मेदवार होइन, कामले प्रमाणित व्यक्तित्व हुँ। मैले खेलकुद, स्वरोजगार र सामाजिक क्षेत्रमा काम गर्दै ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छु। युवा, किसान, महिला, सुकुम्बासी र वृद्ध सबैसँग मेरो प्रत्यक्ष संवादले देखाउँछ कि म जनताको विश्वास जित्न सक्ने उम्मेदवार हुँ।
मिलीजुली, मिलनसार र मेहनती व्यक्ति भएको कारण म सबै समुदायसँग सहज संवाद गर्न सक्छु। प्रश्नको जवाफ दिन झर्को मानेको छैन। समाजको हरेक वर्गको समस्या सुनि समाधान गर्न तत्पर छु। यसै कारण बिष्टको नाम जनजनको मुखमा मुखाकार भएको छ।
बिष्ट जी, घरदैलो कार्यक्रमले तपाईंलाई कस्तो प्रतिक्रिया दिएको छ ?
बिष्ट: घरदैलो अभियान अद्भुत अनुभव भएको छ। डुडुवा, नेपालगन्जका विभिन्न वडाहरूमा गएर देखियो कि जनताले मलाई नजिकबाट हेरेर विश्वास व्यक्त गरेका छन्। उनीहरूले मात्र मसँग कुरा गरेनन्, तर तारा चिन्हमा मतदान गर्ने प्रतिज्ञा पनि दिएका छन्। केही बृद्ध, महिला र युवा प्रत्यक्ष भेट्दा आँसु झरिने भावुकता देखियो। यो देख्दा अझ दृढ महसुस भयो—जनताको सेवा गर्न ढिला गर्न नहुने।
आगामी दिनमा तपाईंको लक्ष्य के हो ?
बिष्ट: मेरो लक्ष्य बाँके २ लाई समृद्ध, दिगो र सुशासनयुक्त निर्वाचन क्षेत्र बनाउनु हो। बाढी र डुबान व्यवस्थापन, सडक, स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारका क्षेत्रमा ठोस काम गर्ने योजना छ। धार्मिक स्थल, पुरातात्विक स्थल र पर्यटन प्रवर्द्धनमा जोड दिनेछु। साथै भ्रष्टाचार शून्य अभियानको माध्यमबाट प्रशासनिक पारदर्शिता र जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छु।

बिष्ट: यो चुनाव केवल पार्टीको लागि होइन, योग्य, इमानदार र काममुखी नेतृत्वको लागि हो। आउनुहोस्, तारा चिन्हमा मतदान गरेर जनताको आवाजलाई शक्ति दिनुहोस्। बाँके २ को विकास, युवाको सशक्तिकरण, सामाजिक न्याय र सुशासनको लागि म दृढ प्रतिबद्ध छु।



बिष्ट जि, यस पटकको चुनावी अभियानमा तपाईंको प्रमुख एजेन्डा के हो ?
बिहानीको तारा । ११ फाल्गुन २०८२, सोमबार १८:३०