पहल के.सी
नेपालगञ्ज । ओमसाई बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्जको अध्यक्षमा दिवेश सिंह हमाल चयन हुनुभएको छ । बुधबार सम्पन्न सहकारीको १३औँ वार्षिक साधारण सभाबाट हमाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो ।
साधारण सभाले हमालको अध्यक्षतामा ५ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा शरद शर्मा, सचिवमा केशव बहादुर हमाल, कोषाध्यक्षमा सागर शर्मा तथा सदस्यमा कुमुन्द सिंह हमाल चयन हुनुभएको छ ।
यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा दुर्गा भट्टराई चयन हुनुभएको छ भने सदस्यहरूमा बालकृष्ण नेपाली र बृजेश कुमार थारु रहनुभएको छ ।
सहकारीले गत आर्थिक वर्षमा ९६ लाख ५६ हजार ७ सय रुपैयाँ शेयर पूँजी संकलन गरेको जनाएको छ । त्यस्तै ८ करोड ३६ लाख २२ हजार ३ सय ५७ रुपैयाँ निक्षेप संकलन भएको सहकारीले जानकारी दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविन कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष शम्भु अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।




बिहानीको तारा । ३० पुष २०८२, बुधबार २०:२०