
जुम्ला । लामो समय देखी शिक्षक तथा कर्मचारीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आन्दोलन गर्दै आएका थिए । प्रतिष्ठानका उपकुलपती मंगल रावलले गरेको लिखित प्रतिबद्धताका पछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । बढुवा,स्थायी कर्मचारीलाई स्तरोन्नतिका नभएको भन्दै ५८ जना शिक्षक र कर्मचारीले ३२ दिन देखि आन्दोलित भएका थिए । बुधबार प्रतिष्ठानका आन्दोलित कर्मचारीले एक प्रेस बिज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम केही समयको लागी स्थागित गरेको सार्वजनिक गरेका छन । बिभिन्न समयमा आन्दोलनरत पक्षसँग छलफल भए पनि सहमति हुन सकेको थिएन ।
त्यस्तै असोज १७ गते रजिष्टारको नेतृत्वमा गठित बार्ता समितिले पटक पटक भएको छलफलले मंसिर २८ गते भएको विज्ञापनको सुचनामा छुट भएका पदहरुको बिषयमा आज उपकुलपतिले छुट भएका पदका बिषयमा संसोधन गर्ने लिखित प्रतिबद्धता गरे पछि आजका मितिवाट आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु नियमित कार्यालय कामकाजमा फर्किन यसै विज्ञिप्ती मार्फत जानकारीका लागि अनुरोध गरिएको छ ।
उनीहरुले यस आन्दोलनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने जिल्ला समन्यव समिति जुम्ला परिबार, जिल्ला स्थित सम्पूर्ण पत्रकार, राजनितिक दल, विभिन्न कर्मचारी यूनियन तथा संघ संगठन,समाजसेवी एवं बुद्धिजिवी, प्रहरी, प्रशासन तथा नागरिक समाज, प्रतिष्ठानका पदाधिकारी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण विद्यार्थी भाईवहिनीहरुका साथै यस आन्दोलनका दौरानमा साथ सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण सुभेच्छुकहरु प्रति आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु हार्दिक आभार प्रकट गरेका छन ।




बिहानीको तारा । ४ पुष २०८१, बिहीबार २०:२८