काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन्जी पुस्ताको भ्रष्टाचारविरुद्धको आक्रोशलाई स्वाभाविक बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले जेन्जी पुस्ताले भोलि गर्न लागेको प्रदर्शन उचित र जनभावनासँग मेल खाने बताएका हुन्। सामाजिक सञ्जालमाथि गरिएको अवरोधलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै प्रचण्डले कडा आपत्ति जनाएका छन्।
उनले भने, “सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी रहनेछ।”
प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँलाई अझ प्रभावकारी बनाइने र जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।




बिहानीको तारा । २३ भाद्र २०८२, सोमबार ०८:४३