
नेपालगञ्ज । अखिल नेपाल खेलकुद महासंंघ लुम्बिनी प्रदेश प्रथम सम्मेलन नेपालगन्ज सम्मपन्न भएको छ । सम्मेलनले बिष्णु ढकालको अध्यक्षतामा सर्वसम्मत ३९ सदस्यीय नयाँ समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा जनार्दन खत्री, प्रेम बहादुर आले र राजु रानाभाट, सचिवमा हिमाल डिसी र कोषाध्यक्षमा शान्ती रोका मगर निर्वाचित भएका छन् ।
खेल क्षेत्र माओवादीको प्रमुख प्राथमिकतामा : बलदेव

नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल (बलदेव)ले खेल क्षेत्र माओवादी पार्टीको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । नेपालगञ्जमा सम्पन्न अखिल नेपाल खेलकुद महासङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उनले माओवादी पार्टीले युवा तथा खेलकुद मन्त्रालय स्थापना गरी खेल पूर्वाधार, खेलाडी तथा प्रशिक्षकमैत्री नीति ल्याएको स्मरण गरे ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री महेश्वर जंग गहतराज (अथक)ले खेललाई अझै राज्यको प्रमुख प्राथमिकतामा राख्न नसकिएको उल्लेख गरे । त्यस्तै स्थायी समिति सदस्य पूर्ण कुमारी सुवेदीले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई सम्मान गर्नुपर्नेमा जोड दिइन् ।
माओवादी नेता दीपक कोइरालाले हालसम्म सम्पन्न नौवटा राष्ट्रिय खेलकुद प्रतियोगितामध्ये पाँचवटा माओवादी नेतृत्वकालमै सम्पन्न भएको दाबी गरे ।
सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको थियो ।




बिहानीको तारा । ११ भाद्र २०८२, बुधबार २२:४६