बाँके क्षेत्र नम्बर ३(क) बाट स्वतन्त्र उम्मेदवारी दिएका दल बहादुर सुनार माओवादी केन्द्रमा प्रवेश

३१ असोज २०७९ नेपालगन्ज । नेकपा(एकीकृत समाजवादी) नेता दल बहादुर सुनार आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छ । सत्ता गठबन्धनले गर्दा नेकपा (एकीकृत समाजवादी) को भागमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा/प्रदेश सभा सदस्य भागमा नपरेपछी सुनारले प्रदेश सभा सदस्य (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन । उक्त क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ ।

 

यस क्षेत्रबाट माओवादी केन्द्रका नेता इन्द्र प्रसाद खरेल आइपी  उम्मेदवार छन, तर उनी उम्मेदवार भएपछी बैजनाथ गाउँपालिका समितिका नेता कार्यकर्ताले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका सुनार लाई सहयोग गर्दै आएका थिए । सुनार लाई माओवादी केन्द्रको स्थायी समिती सदस्य पुर्णा कुमारी सुबेदिले सुनार लाई  माओवादी केन्द्रमा सवागत गरेकी छन । सुनार प्रवेशले दुबै जनाको उम्मेदवारी के हुन्छ त्यो हेर्न बाकी रहेको छ ।