
शम्सेरगंञ्ज । पूर्व-पश्चिम महेन्द्र राजमार्गको बाँकेको राप्तिसोनारी गाउँपालिका-२ स्थित शम्सेरगंञ्ज (माथेबास-जिरो) सडक खण्डमा ट्रक र टिप्पर ठोक्किंदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किंदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको र सुदिप चौधरीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागि पठाइएको अस्थायी ट्राफिक पोष्ट शम्सेरगंञ्ज इन्चार्ज प्रहरी सहायक निरीक्षक मयलाल धितालले जानकारी दिए ।
धितालका अनुसार, ट्रक र टिप्पर कोहलपुरतर्फ आइरहेको थियो । पछाडिबाट टिप्परले ट्रकलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।



सन्तोष कुमार बिष्ट । २८ श्रावण २०८२, बुधबार १३:३८