
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ४ स्थित सिधनियाघाट (राप्ति पुल) कृत्रिम बाढी उद्धार अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा संयुक्त अभ्यासमा बाढी जस्ता प्राकृतिक प्रकोपका बेला उद्धार र प्रतिकार्य प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न निकायहरूको समन्वयमा अभ्यास गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशकी माननीय मिना कुमारी श्रेष्ठ, बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी बाँकेका पदाधिकारी, सञ्चारकर्मीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यस्तै आकस्मिक बाढीको सम्भावित जोखिमका बेला जनशक्ति, साधन–स्रोत तथा संस्थाबीचको समन्वय र प्रतिक्रियात्मक क्षमतामा वृद्धि गर्नु रहेको आयोजक समितिले जनाएको छ ।
स्थानीयस्तरमा विपद् पूर्वतयारी तथा सचेतना अभिवृद्धिका लागि यस्तो अभ्यास महत्वपूर्ण हुने सहभागी निकायहरूले बताएका छन्।




बिहानीको तारा । ३० जेष्ठ २०८२, शुक्रबार १३:२४