सञ्चारिका समुह बाँके अध्यक्षमा रुपनी जिएम निर्वाचित

  • सदिक्षा रेग्मी (परिक्षार्थी म ब क्याम्पस)

४  चैत्र २०७८ नेपालगंज । सञ्चारिका समुह बाँके  अध्यक्षमा रुपनी जिएम  निर्वाचित गरेकाे छ । सञ्चारिका समुह बाँकेको ५ औ साधारण सभा तथा अधिवेशन सम्पन्न भएकाे छ ।   ७ सदस्यिय नया कार्यसमिति चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा सरला सुबेदी ,सचिबमा पबित्रा परियार , कोषाध्यक्षमा धना केसी , सदस्यहरुमा अनिता बिक , स्मृति देवकोटा ,सपना परियार लगायतलाई चयन गरिएको हो । सञ्चारिका समुह बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलको प्रमुख आतिथ्यता एवम् समुहका पुर्वअध्यक्ष डा मुना श्रेष्ठको विशिष्ट आथित्यतामा ५ औ साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बोल्दै संचारीका समुहका संस्थापक अध्यक्ष अछरी पोखरेलले संचारिका समुह गठनको उद्देश्य, भुमिका, भावि कार्ययोजना, कार्यालय व्यवस्थापन र होलीको सुभकामना व्यक्त गर्नु भयो ।कार्यक्रममा बोल्दै विशिष्ट अथिति मुना श्रेष्ठले महिलाहरु राजनीति आस्थाका आधारमा विभाजित भएका कारण पछिल्लो समयमा महिलाको उपस्थिति कम भएको र पत्रकारिता गर्ने महीलाहरुको संख्या एकदमै कम हुदै गईरहेको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य हेमन्त बिक, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, प्रेस चौतारीका लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, क्रियाशिल पत्रकार महिला बाँकेका सावित्री गिरी, आदीवासी जनजाती पत्रकार संघका अध्यक्ष भगतराम थारु, थारु पत्रकार संघ बाँकेका पुर्वअध्यक्ष बिमला चौधरी लगायतले मन्तब्य राख्नुभएको थियो ।