अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन बाँके मतदान केन्द्रबाट उमेर खुल्लामा ३० मत प्राप्त


नेपालगन्ज । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा बहसमा आएको उमेरहदको बिषय लाई आज निर्वाचनको माध्यमबाट छिनो फानो गर्दैछ । बिहान १०:०० बजेबाट मतदान सुरुभै साझ ४:०० बजे सम्पन्न भएको बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले बताए ।
देशभर  ८६ मतदान केन्द्रबाट २३९८ प्रतिनिधिबाट उमेरहद ३२ बर्ष कि खुल्ला गर्ने बिषयमा मतदान सम्पन्न भै मत परिणाम आइरहेको छ ।
त्यस्तै बाँके जिल्लाको नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालयको मतदान केन्द्र बाट ३७ मतदाता रहेकोमा ३३ मत खसेक्मा उमेरहद (३२) मा ३ मत प्राप्त भएको छ भने उमेर खुल्लामा ३० मत खसेको मतदान अधिकृत तिर्थराज ज्ञवालीले जानकारी दिए ।