क्यान्सर अस्पतालमा ब्यवस्थापन समितीका पदाधिकारीहरुकाे पदभार ग्रहण सँगै खजुराबासीलाई ओपिडी सेवा निशुल्क

२५ फागुन २०७८  खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ब्यवस्थापन समितिका अध्यक्षमा किशोर थापा सहित अस्पताल बिकास समितिको सदस्यहरुमा दिपा केसी, इमरान खा, सुर्यलाल यादवले पदभार ग्रहण गरेका छन् । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिकाे पहिलाे निर्णय  खजुरा गाउँपालिकाबासिहरुक लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले खजुराबासीको आर्थिक तथा अन्नदानबाट सुरु भएको यस अस्पतालले खजुराबासीको लागी यो सुबिधा पाउनुपर्ने हक हो, त्यसैले हामिले पहिलो निर्णय नै खजुराबासीको लागी गरेका छौं, अध्यक्ष थापाले बताए । क्यान्सर अस्पतालले जुन किसिमले सेवा प्रवाह गर्दै आएको छ त्यसलाई निरन्तरता संगै केही नयाँ गर्न सकिने सम्भावना र सेवाको लागि आफ्नो टिम तत्पर रहेको अध्यक्ष थापाले बताएका थिए ।

पदभार ग्रहण कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पताल बिकास समिती सदस्य शिव श्रेष्ठले प्रखर परोपकार मिसनको लागि छुट्टै अफिसको ब्यवस्था र केही बजेटको आवश्यक समेत महसुस भएको र सोको लागी नयाँ ब्यवस्थापन समितिले त्यसतर्फ ध्यानदिन सुझाव दिएका थिए । खजुरा क्यान्सर अस्पतालका मेसु कृष्ण प्रसाद आचार्यले क्यान्सर विशेषज्ञ अस्पतालको रुपमा पुर्णरुपमा अस्पताललाई संचालनको लागी केही इक्युपमेन्टको अहिलेपनी आवस्यक रहेको र सोको गर्न सके सेवाग्राहीको लागी बरदान साबित हुने बताएका थिए ।