राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।