बाँकेको महेन्द्र बहुमुखी क्याम्पसमा भएको अनैतिक कार्य प्रति स्ववियुको ध्यानाकर्षण

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लालमणि आचार्यको कुर्सी रुखमा झुण्डैएको छ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले उक्त कुर्सी झुण्ड्याएर भन्दै प्रचार गरिएको स्वबियु सचीव हरेन्द्र बि.क. र कोषाध्यक्ष भरतराज बुढथापाको हस्ताक्षर बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यति बेला स्ववियु बिभाजित भएको छ । स्ववियु अध्यक्ष माधव खत्रीले १५ बुँदे माग पूरा नभएको भन्दै क्याम्पस प्रमुखको कुर्सी स्ववियुले रुखमा झुण्ड्याएका हुन । अध्यक्ष खत्री क्याम्पस प्रशासनले आफ्ना माग पूरा नगरे थप सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।

यता स्ववियु सचीव हरेन्द्र बि.क. र कोषाध्यक्ष भरतराज बुढथापाले आज स्ववियुको नाममा क्याम्पस गरेका क्रियाकलाप आपत्तीजनक र गैरजिम्मेवार गतिविधि नगर्ने समेत बिज्ञप्तिमा उल्लेख गरेका   छन । स्ववियुको छुट्टै गरिमा बोकेको र विद्यार्थीहरुको बौद्धिक र रचनात्मक कार्यका लागि सधै समन्वय र सहकार्य गर्न तत्पर रहेको र अराजक गतिविधिको विपक्षमा संस्था रहेको उल्लेख गरेका    छन । कुनै ब्यक्ति वा संगठनको सलग्नतालाई स्ववियु सग जोड्न नहुने र स्ववियुको लेटरप्याडको दुरुपयोग गरेको भन्दै आमविद्यार्थीहरु भ्रमित नहुन जानकारी गरिएको छ ।

बिज्ञप्ति सहित