नेपालगंजमा हुरीपप काे आयाेजनामा पाँच दिने पत्रकारिता तालिम सम्पन्न

२४ फागुन २०७८ नेपालगंज । नेपालगंजमा आज पाँच दिने पत्रकारीता तालिम सम्पन्न भएकाे छ । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा सुरु भएको पाँच दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।

नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले तथ्यमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नु भयो । तथ्यको खोजी गर्न पत्रकारले अल्छी गर्नु हुँदैन त्यसका लागि तपाईहरु विभिन्न ठाउँमा पुग्नुपर्छ । सम्बन्धित ठाउँमा नपुग्दासम्म तथ्य बाहिर नआउन पनि सक्छ । उहाँले भन्नु भयाे  त्यसका लागि ठाउँमै पुग्नुपर्छ । पछिल्लो समय पत्रकारिताप्रति आकर्षण घटेकोमा दुख समेत व्यक्त गर्नु भयो। यो क्षेत्र सम्मानित क्षेत्र भएकाले खटेर काम गर्न सक्ने र  खाेज पत्रकारीता गर्न आग्रह गर्नु भयाे ।

पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएको र यसले गर्दा समाज रुपान्तरणमा ठूलो योगदान पुग्ने उहाँको भनाइ थियो । उहाँले पत्रकारिता क्षेत्रमा पुरुष भन्दा महिलाको संख्या कम रहेकोले महिलाहरुलाई पत्रकारिता गर्न तर्फ केन्द्रित हुन सुझाव दिनु भएको थियो । उहाँले नारी दिवसको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।


यस्तै तालिमको समापन कार्यक्रममा बोल्दै नेपालगंज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकारको संख्या बढनु राम्रो भएको बताउदै दक्ष पत्रकार बनाउनका लागि स्थानीय सरकारलाई गम्भीर हुन जरुरी रहेको बताउनु भएको थियो । कार्यक्रममा नेपालगंज ६ का वडा सदस्य दिपक श्रेष्ठ, सुरेश कुमार सोनीले आफुले वडाको नेतृत्व पाए पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनु भएको थियो ।पत्रकारीता तालिम १५ जनाले प्रशिक्षण लिएका छन् ।