सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर

१३ पुस २०८० काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।