नेपाल तस्कर र भ्रष्ट्रहरुको अखडा बन्दै

नेपालका शिर्ष दल र नेताहरु नै तस्करहरु भए पछि देश कसरी उभो लाग्ला !


नरेन्द्रनाथ योगी
नेपाल विकासोन्मुख भु–परिवष्टिक देश हो । यो देशको उत्तर दक्षिण आर्थिक र सामारिक रुपले सम्पन्न शक्तिशाली देश चीन र भारत रहेका छन् । नेपालको राजनितिलाई चीन र भारतको राजनितिले प्रभाव पार्दछ किन भने नेपाल भारत र चीनको भु–राजनिति दवाव रहेको छ । नेपाल यी दई देशको विचमा रहेको छ ।त्यति मात्रै हाईन ,जन शक्तिका हिसावले चीन नेपाल भन्दा झण्डै करोडौले अगाडि छ । भारत पनि नेपाल भन्दा ६०÷७० करोडले अगाडि छ ।भारत विश्व मै सबै भन्दा ठुलो भुभाग भएको मुलुक हो । नेपाल भारत भन्दा २२ गुणा र चीन भन्दा ६५ गुणाले सानो छ । नेपाल भारत र चीनदेखि अरु नजिक पर्ने मुलुक बंगलादेश हो । यो नेपालदेखी २७ किलोमिटर टाढा रहेको छ । नेपाल समुन्द्रि सतहबाट ११२७ कि. मी.(बंगालको खाडी र हिन्दमहासागर) नेपालको पुर्व,पश्चिम र दक्षिणमा भारतको ५ प्रान्तहरुः सिक्कम,उत्तराञ्चल,उत्तर प्रदेश,विहार, पश्चिम बंगाल पर्दछन भने उत्तर तर्फ चीनको स्वाशाशितक्षेत्र तिबबत पर्द छ । नेपालसँग भारतका १६ जिल्लाहरु जोडिएको पाईन्छ । नेपालसँग जोडिएको भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुन,उत्तरप्रदेशको लखनऊ ,विहारको पटना,सिक्कीमको गोन्तक र पश्चिम बंगालको राजधानी कलकक्ता रहेका छन् । यसरी भु–राजनितिक दृष्टिकोणले नेपाल यि दुवै देशको पेचिलो प्रभाव पर्दछ ।

भु–राजिितक प्रभाव मात्रै होईन, नेपालमा भारत र चीनको आर्थिक र सामाजिक प्रभाव पनि राजनितिीमा परेकै छ । यी दुवै छिमेकी मुलुक आणबिक हतियार वा सामरिक रुपमा पनि विश्वकै चीन चौथो र भारत आठौं स्थानमा पर्दछन् । यि दई शक्ति शाली मुलुकको विचमा नेपाल पर्दछ । यी दुवै देश विकसित मुलुकमा पर्दछन् भने नेपाल विकासन्मुख मुलुकमा पर्दछ । आधुनिकता र आधुनिक उत्पादनमा यि दुवै मुलुक नेपाल भन्दा ८०÷९० गुनाले अगाडि छन । यि दुवैको सहयोग,समर्थन र सहानुभुती विना नेपाल अगाडि बढनै सक्तैन । भारत उत्पादित सामान नेपालमा ८० प्रतिशत आयात हुन्छ । त्यस्तै गरि चीनबाट पनि सामान आयत हुन्छ । त्यसैले नेपाल निर्यातमुखी भन्दा आयातमुखी अर्थतन्त्रमा बाँचेका मुलुक हो ।त्यसैले नेपालको पोलटिक्स पनि यी दुवै मुलुकको साहारामा चलेको पाईन्छ । त्यसैले नेपालका शासकहरु जहिले पनि सरकारमा आउने वा बनाउने वित्तिकै उत्तर र दक्षिण भ्रमणको मेसो लिएका हून्छन् । २०४६ र २०६१–०६२को पहिलो र दोस्रो जन आन्दोलनमा भारतले समर्थन गरेका कारण नेपालमा बहुदलिय प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र भित्रिएको नेपाली राजनितिज्ञ विश्लेष्कहरु बताउन्छन ।

२०४६ सालमा पंचायती व्यवस्था फालेर बहूदलिय प्रजातन्त्रको आन्दोलनको क्रममा नेपाली कांग्रेसका नेता गणेशमान श्रेष्ठको ठमेल स्थित घरमा चन्द्रशेर आएर बैठक गर्नु र २०६१–०६२ को जन आन्दोलनमा नेपाली नेताहरु भारतमा बसेर १२ बुँदे सहमति गर्नुले पनि प्रस्ट हून्छ नेपालको पोलटिक्समा विदेशी तथा भारतीयहरुको प्रभाव छ । त्यति मात्रै होईन्,नेपालको नयाँ संविधान २०७२ बन्ने क्रममा भारतीय ठुलै चासो रहदा नेपालमा ठुलै राजनैतिक विवाद भएको थियो । अन्य प्रभावहरु नेपालको राजनितिमा दुवै देशको चासो रहने गरेको नेपालको ईतिहास जगजाहेर नै छ । अहिले आएर नेपाल उपर त्रि देशिय चासो बढेको छ । दक्षिण भारतले नेपालको भुमी र जलमा आँखा गोडेको छ भने अमेरिकाले नेपाललाई उत्तर चीनको विरोध गर्ने र नेपालमा भएको महत्वपुर्ण खनिज पदार्थ यूरेनियम जुन अतयाधुनिक हात हतियार बनाउन उपयोगमा ल्याउने र उत्तर चीनले नेपाललाई अमेरिका र भारत विरोधी खेमामा राखी राख्ने निति अत्यीयार गरेको पाईन्छ । त्यसैले नेपालले त्रि देशिय मित्रहरुको चित्त बुझाएर आफु कसरी सुरक्षित हून सकिन्छ भन्ने चिन्तामा छ । त्यति मात्रै होईन ,नेपाल भारत विच १९५० मा भएको शान्ति तथा मैत्री सन्धिमा नेपालले बाह्र्य मुलुकबाट सामारिक लगायत केही महत्वपुर्ण सामान आयात गर्दा भारतको अनुमति बेगेर नेपाल भित्रयाउन नपाउने जस्ता सन्धिका बुँदाले पनि नेपाल जहिले पनि भारतको निगरानीमा रही रहेको छ । यस्ता विविध सन्धि सम्झौता ,आर्थिक,सामाजिक,राजनैतिक र साँस्कुतिक एवम् भु राजनितिक प्रभावले नेपाल छिमेकी मुलुक समक्ष झुक्नु पर्ने वाध्यता थियो ,थियो त्यसमा पनि नेपालमा लोकतन्त्र वहाली भएको पछि नेपालको वैदेशिक निति स्पष्ट नबन्नु र नेपाली राजनेताहरु राजदुध र दुतावासमुखी हुनले पनि नेपाल हेपाहा परेको हो ।

अर्को तिर लोकतन्त्र वहालीको १७ बर्ष र नयाँ संविधान २०७२ जारी भएको ९ बर्ष पनि दलहरुको दलिय व्यवहार उनीहरु प्रति ढोंगी प्रवृतीबढेको छ ।अहिले नेपाली दलहरु लोकतन्त्रको दुहाई दिदै यसको दोहन चरम रुपमा गर्दा नेपाल अहिले गरिवीको ७ औ स्थान कटाउन थालेको छ । नेपालमा देश भन्दा व्यक्ति धनी भएकाले नै देशको अधिनमा व्यक्ति हुनु पर्नेमा यँहा व्यक्ति वा निश्चित समुहको अधिनमा नेपाल हुन थालेको छ । शिषर््ा दलको शिर्ष नेताहरु जसरी भए पनि सत्ता,भत्ता र शक्ति दुरपायोग गरेर दोस्रो तस्रो चुनावके तयारी गरि रहेको पाईन्छ । अनि पुस्तौसम्म शासनको बागडोरमा कसरी आफनो अधिनमा थमाई राख्ने ध्याउन्नमा छन् भने अर्को तिर यि शिर्ष दल कै कमि कमजोरीबाट विभिन्न ऐजेण्डाहरु खडा गरेर नयाँ उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी ,राप्रपा नेपाल, हिन्दुवादी समुह लगायत दलहरु सके लोकतन्त्रलाई धरापमा पारेर आगामी निर्वाचनको तयारी गरि रहको पाईन्छ । यि नयाँ उदाएका पार्टीहरु पुराना दलहरुका गलत कृयाकलाप र हर्कतहरुलाई काउन्टर गरेर उनीहरु अगाडि बढने रणनितिमा लागेका छन् । यिनीहरुले पनि मुलुकको वर्तमान स्खलित अवस्थालाई काउन्टर दिईएर अगाडि बढने खासै सैद्धान्तिक र व्यवहारिक कार्यायोजना सार्वजनिक गर्न नसकेकोले मुलुक फण्डै फण्डा वा तिर्खि चौखाको खेलमा चलि रहेको छ ।

अहिले चरम बेथिती ,अनियमितता,भ्रष्टा«चार ,राजनैतिक रुपमा भएका संगठित अपराध र आर्थिक दोहनलाई विरोधको रुपमा ऐजेण्डा उठाईएको छ ,तर वास्तविक रुपमा प्रतिपक्ष लगायत नयाँ उदाएका पार्टीहरुले समाधानको भरपर्दा कानुनी , वैचारिक, सैद्धान्तिक र व्यवहारिक कार्य योजना सार्वजनिक गर्न नसकेको अवस्थाले मुलुक तरलित भएको छ । आफसे आफ समस्याहरुको उठान जसरी भएको छ ,त्यसको समाधान सहितको बैठान नवउधित दलहरुमा पनि अभाव नै देखिएको छ । समस्यै समस्या उठान र सस्तो लोक प्रिय नारामा मुलुक अहिले शासित छ । नेपाली जनमास पनि त्यसैमा रुलमुलिएको पाईन्छ । गतव्य सहितको परिणाम ल्याउने कार्यक्रम अहिलेसम्म नआउदा वास्तवमा नेपालको पोलटिक्समा वैदेशिक शक्तिहरु खेली रहेका छन् । खासै भन्ने हो भने नेपालको पोलटिक्स विदेशको वातावरण अनुकुल भएको छ । उनीहरुले नेपाल र नेपाली नेताहरुको गरिवी र कमजोरीको फाईदा लिए रहेको पाईन्छ । यस्को उज्वलन्त उदाहरण अन्तराष्ट्रिय माफियाहरुले नेपाललाई ट्रान्जित प्वाईन्ट रुपमा प्रयोग गरि सुन लगायत तस्करीका सामानहरु नेपालको बाटो हुदै भारतीय बजारमा जानु, नेपालीहरु विचौलियाको रुपमा प्रयोग रहनु र शिर्ष दलका नेता,कार्यक्रर्ताहरुको नाम मिचिनु आदिले नेपाल अन्तराष्ट्रिय तस्करहरुको क्रिर्डा स्थल बन्नु हो । नेपाललाई जसले प्रयोग गरेर अन्तराष्टिय खेल मैदान बनाईदै छ ,त्यस देशले नेपाललाई फेलिएर स्टेट र ब्हईट कलर क्राईम को मुलुक भनेर सज्ञा( अमेरिका र वेलायत) दिई रहेको पाईन्छ । नेपाली दलहरु विशेष गरि लोकतान्त्र पछि सरकार सञ्चालनका जिम्मा पाएका पक्ष प्रतिपक्ष दलका नेता कार्यक्रर्ताहरु नक्कली भुटानी शरणर्थी( मानव तस्कर), सुन काण्ड,ललिता निवासको सार्वजनिक जग्गा अपचलन लगायत अपराधिक गतिविधीमा नराम्रै गरि मुछिएका छन् । तर उनीहरु बाहिर मिडियाँ जे भने पनि व्यवहारमा कानुनी प्रकृयामा आउन चाहेको पाइैदैन । दलका मुख्य मुख्य नेताहरु जो सुन तस्कर, नक्कली भुटानी शरणर्थी, ललिता निवास जग्गा अपचलनमा उन्मक्ति दिई खोजी रहेका छन् ।

गठबन्धन भित्रका दलहरु मध्ये नेपाली कांगेसका नेता शेर बहादुर देउवाको विशेष दवावमा उपत्यकामा नक्कली भुटानी शरणार्थी र सुन तस्करमा अनुसन्धानमा लागेका उपत्यका अपराध अनुसन्धान विभाग कार्यरत प्रशरी प्रमुखहरुको सरुवा अन्य क्षेत्रमा गरिएको पाईएको छ । आम संचार माध्यम र विश्लेषकहरुको भनाई अनुसार नक्कली भुटनी शरणार्थी काण्ड उनको पत्नी आरजु राणा र पुर्व गृहमन्त्री बालकृष्ण खाँण र सुन काण्डमा ससदमा चर्को विरोध गदै प्रम र गृहमन्त्री राजिनामा माग्ने सनिल शर्मालाई संसदका अनुमति विना प्रक्राउ गरिएको विषय प्रमुख रहको पाईएका छ । यस्तै यस्तै उनीहरुले मुखमा राम राम वगालीमा च्छुरा जस्तै व्यवहार गरेर आफुहरु निर्दोष भएर उम्कीन खोजेको पाईन्छ । यिनीहरु तै ठिक मै ठिक भनेर प्रतिपक्षले संसद अबरुद्ध गर्ने सरकार खुलाउन वार्ता र बैठक बोलाएर ढाक छोपको सहमतिमा छानविन आयोग बनाउने अनि छानविन आयोग कै प्रतिवेदन लुकाउने जस्ता हर्कतमा नेपाली शिर्ष दलहरु अहिलेसम्म गरि रहेका छन । छिनविन आयोग गठन गर्नु भन्दा यि दलहरुले नैतिक रुपमा आफना आफनो ठाउँबाट जिम्मेवारी छोडेर जो जोको नाममा अभियोग लाग्ने खालका विषयहरु बाहिर आएका छन् तिनीहरुले स्व–घोषणा गरेर आफै अनुसन्धानको दायरामा आए,बरु यिनीहरुको ईज्जत बढन जान्छ की ?यती १७ ÷१८ बषर््ाको लोकतान्त्रिक अभ्यास र ८÷९ बर्ष कै छोटो संवैधानिक शासनकालमा नेपालका शिर्ष दलहरुका नेता कार्यकर्ताहरु बदनाम भई लोकतन्त्र उपर प्रश्न चिन्ह तेर्साउनु नितान्त गरै सैद्धान्तिक र गरै जिम्मेवार कार्य हो ।यस्ता गैर जिम्मेवार दल र तिनका नेताहरुलाई नेपाली जनताले कतिसम्म बोक्ने हो सोचनिय विषय भने नेपालको पोलटिक्स भएको छ ।अब नेपाली जनताले अहिलेको यथास्थितिलाई रोज्ने वा यसलाई चिरेर नयाँ अग्रगामी समृद्ध नेपाल बनाउ लाग्ने यसको जिम्मा नेपाली जनता कै हातमा छ ।

लोकतान्त्रिक दलका १७ बर्षको शासन र ९ बर्ष जतिको संबैधानिक अभ्यास केवल नेपाली जनतालाई देखाउने हाँत्तीका दाँत जस्तो भएको छ । मुलुकमा यिनीहरुको शासन कालमा दर्जनौ दर्जन अपराधिक काण्डहरु यिनीहरुका शिर्ष नेता कार्याक्रर्ताहरुको नाममा सार्वजनिक भई रहेका छन । उनीहरु दोषी उपर कारवाही गर्न हिचकिचाई रहेको पाईन्छ । यस वेला मुलुकका पुर्व प्रद्यान मन्त्रीहरुका नाममा ललिता निवासको सार्वजनिक जग्गा अपचलन गरेको विषय व्याप रपमा बाहिर आई रहेका छन र उनीहरु उपर छानविन सहितको कारवाही गर्नु भन्दा उनीहरुलाई उन्मुक्ति दिन सरकार उक्तद देखिन्छ । त्यसैले नेपालमा यि शिर्ष दलका नेता दिशेष गरि सत्तासिन दल नेकपा माओवादी केन्द्रका शिर्ष नेता कृष्ण बहादुर महराका बाबु छोरा,नेता बर्षमान पुनः पुर्व उपराष्टपति बर्षमान पुनः लगायतको नेताहरुको सुन तस्करीमा मुचिएका खबरहरु बाहिर आईरहेका छन् ,तर सरकार एक पछि काण्डहरुका फाईल खाल्ने काम गरि रहेको छ ।त्यसमा भरपर्दो अनुसनधान सहितको कारवाही बढाएको पाईदैन । त्यस्तै गरि नक्कली भुटानी शणार्थी काण्डमा नेपाली काग्रेसको अध्यक्षको पत्नी आर्जु राणाको नाम संगठित रुपमा मुछिएर आएको छ । अहिलेसम्म सरकारले कारवाहीको दायरामा ल्याउन सकेको पाईदैन । त्यसैले यो सरकार काण्डै काण्डका फाईलहरु खोलेर भ्रष्टा«चारीहरु उपर कारवाहीको नाटक गरेर सरकारको आयु लम्बाउने गरि रहेको पाईन्छ । नेकपा माओवादी भित्र कै पार्टी उपाध्याक्ष लगायतको नाम सुन तस्करी काण्डमा नाम मुछिदा पनि सरकार र पार्टीले किन कारवाहीलाई तिव्र पार्न सकी रहुको छैन । यहाँ यो सरकार पार्टी बाहिर र पार्टी भित्रका आफनो विपक्षीहरुलाई तर्साएर आफनो पक्षमा उभ्याउने खेल खेली रहको त छैन भन्ने सर्वत्र विश्लेषण भई रहेको  छ ।
अतः यो सरकारले अहिले जे गरि रहको छ ,त्यो सकारात्मक छ ,तर उदेन्ने,उछन्निे ,अनि तह लगाएर आफनो दानो सोझयाउने हो भने यो सरकारको आयु र भोलीको अवस्था चुनौतीपुर्ण हुनेमा दुईमत छैन ।सरकार काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर नगरोस भन्ने आम जनताको व्यग्र चासो रहेको छ । हे सरकार माछो माछो भ्यागुतो नगरि दोषीहरुलाई कानुनको कठघरामा ल्याऊ । तब मात्र नेपाली जनताले विश्वस गर्ने छन् । अनि मुखमा राम राम बगालीमा च्छुरा नहोस ।अहिले सरकार स्वयम्ले शुरु गरेको अभियानमा सरकार, सत्ता,भत्ता,सुख ,सुविधा प्यारो भन्दा नेपाली जनता र देश प्यारो बनाएर अगाडि बढ,अनि जनताले पनि भोली सोचविचार गर्लान ।जनता रुसाउने र शत्रु हसाउने काम नहोस ।धन्यवाद ।

लेखक :  अधिवक्ता पनि हुनु हन्छ ।