नेपाल बायुसेवा निगमले अप्रिल २०२२ बाट साउदी अरेबियाको रियादमा ब्यवसाहिक उडान भर्ने

  • नारायण धिताल

२२ फागुन २०७८ काठमाण्डौं । नेपाल बायुसेवा निगमले अप्रिल २०२२ बाट नै ब्यवसाहिक योजना सहित उडान भर्ने भएको छ । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको General Authority Of Civil Aviation (GACA)ले आज साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमले उडान अनुमति प्राप्त गरेको जारी बिज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल बायुसेवा निगम नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने भएको उल्लेख गरेको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पे्रम बहादुर आलेको बिशेष निर्देशन र निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा उडान अनुमति पाएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

बिज्ञप्ती सहित