नेपालगंज उपमहानगरपालिका भित्रका बिद्यालयमा बिहिवार सार्वजनिक बिदा

१० असाेज २०८० नेपालगंज । नेपालगंज उप-महानगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक बिद्यलय, संस्थागत बिद्यालय र मदरसाहरुलाई बिहिवार ११ गते सार्वजनिक बिदा दिने नेपालगंज उप-महानगरपालिका शिक्षा शाखाले जनाएको छ  । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मत पैगम्बर सल्लाह अलैवसल्लामको ११४५ ‍औं जन्म जयन्तीको अवसरमा भोली नेपालगंज उप-महानगरपालिकाले बिद्यलयहरु लाई सार्वजनिक बिदा दिएको जनाएको छ । मुस्लिम धर्मालम्बीहरुको ठुलो संख्यामा बसोवार रहेकाले सो अवसर पारेर बिद्यालयहरुलाई बिदा दिएको जनाएको छ । साथै राष्ट्रिय परिक्षा बोर्डको कार्यक्रम अनुसार कक्षा १२ को परिक्षा बोर्डको कार्यक्रम अनुसार संचालित हुने भनी शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाको हस्ताक्षर बिज्ञप्तिमा उल्लेख गरिएको छ ।