खजुरा गाउँपालिकाकाे नयाँ प्रशासनिक भवन उद्घाटन

३ असाेज २०८० नेपालगंज । संविधान दिवसको अवसरमा खजुरा गाउँपालिकाकाे नयाँ प्रशासनिक भवन खजुरा बि गाउँ प्रवेश कार्यक्रममा सम्पन्न भएकाे छ। नयाँ प्रशासनिक भवनमा गृह प्रबेशको विशेष बाजागाजा सहित पुजापाठ गरिएको थियो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक र उपाध्यक्ष मन्जु मल्लले शुभसाईतमा पुजा समेत गरेका छन । नयाँ प्रशासनिक भवनले गाउँपालिकाको कामकाजमा निकै सहजता हुने र सेवाग्राहीलाई अझ बढी गुणस्तरीय सेवाप्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहजता हुने गाउँपालिका अध्यक्ष विकले बताए ।

 

अध्यक्ष विकले भने, – लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुराकाे कार्यालय तत्काल खजुरामा सार्नुपर्ने हुदा खजुरा गाउँपालिकाकाे पुरानो भवन बाट लुम्बिनी प्राविधिक विश्वविद्यालयका कक्षा संचालन हुनेछ। त्यसैले यो नयाँ भवनले सेवाप्रवाहमा सहजता हुन्छ उनले भने । प्रशासनिक भवन खजुरा बि गाउँ प्रवेश कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय ,समाजसेवी , कर्मचारी आदिकाे भव्य उपस्थिति रहेकाे थियोे भने कार्यक्रम संचालन खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले गर्नुभएको थियो ।