
२२ फाल्गुन २०७८ नेपालगंज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काे भातृ संगठन मुस्लिम मुक्ति मोर्चा नेपालकाे भेला बाट अध्यक्ष मेहवुब अलि ईद्रिसी लाई सर्वसम्मत निर्वाचित गरिएकाे छ । जसमा उपाध्यक्ष हसनअली नागवान,खलिल मियाँ , मुस्ताक अन्सारी,सचिव मुजवमिल हलवाई सह-सचिव मेराज सल्मानी लगाएत ३५ सदस्यीय सर्वसम्मत कमिटी निर्वाचित भएकाे नेपाल कम्युनष्ट पार्टी (माओवादी केन्द्र) नेपालगंज उप-महानगर अध्यक्ष रतन शाहीले जानकारी दिन भयाे ।

कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगर कमिटीका अध्यक्ष रतन बहादुर शाहीले गर्नु भएको थियो प्रमुख अतिथि अत्तहरहुसेन फरुकी विशेष अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य युवा नेता अकल बहादुर बम प्रदेस सदस्य गेहराज रिजाल (नवीन शर्मा ) जिल्ला सदस्य आदेश अग्रबाल नेपालगन्ज उपमनगर कमिटी उपाध्यक्ष तारा प्रसाद खत्री (प्रमेस) उपाध्यक्ष बसन्त मल्ल , सह – सचिव नन्दलाल वैश्य, काेषाध्यक्ष कस्मिरा खातुन लगायतका नेता तथा कार्याकर्ताकाे सहभागीता रहेकाे थियो ।



बिहानीको तारा । २२ फाल्गुन २०७८, आईतवार १०:२४