भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखेपछि बाबुराम भट्टराईको आपत्ति

१६ जेठ २०८० काठमाडौं। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको भितेचित्रमा अंकित भौगलिक पहिचानप्रति चासो व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झै दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो व्यक्त गरेका हुन् । उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झै उल्लेख गर्ने विषयले दुई देशका बिचमा आपसी कुटनीतिक सबन्धमा दरार आउनेसक्ने जनाएका छन् ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भने । भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुने उनले बताए ।